काठमाडौँ । विद्युतीय मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेटले दसैंलाई लक्षित गर्दै विशेष योजना सार्वजनिक गरेको छ। नेपालका लागि आधिकारिक वितरक वैद्यज अर्गनाइजेसनले मोटरसाइकल खरिद गर्ने ग्राहकलाई हेल्मेट र डायमन्ड कोटिङ निःशुल्क दिने जनाएको छ।
कम्पनीका अनुसार योजनाअन्तर्गत अल्ट्राभायोलेटका हरेक मोटरसाइकल खरिदमा ग्राहकले हेल्मेट र डायमन्ड कोटिङ पाउनेछन्। साथै, मोटरसाइकल खरिदका लागि सहज वित्तीय सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
अल्ट्राभायोलेटले हालै नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ का क्रममा आफ्नो नयाँ क्रसओभर मोडल एक्स–४७ नेपाली बजारमा सार्वजनिक गरेको थियो। नेपालमा एक्स–४७ को सुरुआती मूल्य ६ लाख ८४ हजार ९०० रुपैयाँ तोकिएको छ।
अल्ट्राभायोलेटका अनुसार एक्स–४७ विभिन्न ब्याट्री क्षमताका विकल्पमा उपलब्ध छ। कम्पनीको आधिकारिक विवरणअनुसार यसका केही भेरियन्टले २११ किलोमिटरसम्म र १०.३ किलोवाट घण्टा ब्याट्री भएको भेरियन्टले ३२३ किलोमिटरसम्मको आईडीसी रेन्ज दिने दाबी गरिएको छ।
दसैं योजनामार्फत ग्राहकलाई मोटरसाइकल खरिदसँगै हेल्मेट, डायमन्ड कोटिङ र वित्तीय सुविधा उपलब्ध गराइएको कम्पनीले जनाएको छ। योजनाको अवधि, वित्तीय सुविधाका सर्त तथा अन्य विवरणका लागि ग्राहकले आधिकारिक शोरुम वा बिक्री केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।