काठमाडौं । नाडा अटो शो २०२६ मा पन्च ईभी फेसलिफ्ट खरिदमा १ लाख रुपैयाँ छुट पाइने भएको छ । नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शो अवसरमा पन्च ईभीमा उक्त छुट दिएको हो ।
कम्पनीका अनुसार ग्राहकले नाडामा पन्च ईभी ३२ लाख ९९ हजार रुपैयाँमै किन्न पाउने छन् । पन्च ईभी फेसलिफ्ट दुईसाता अघि नाइमा मोबिलिटी एक्स्पोमा लन्च भएको थियो । सो बेला पन्च ईभीको बेस भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ तोकिएको थियो ।
फेसलिफ्ट पन्च ईभीमा ग्राहकको उच्च आकर्षण देखिएको छ । दुई साताको अवधिमै १ हजार बढी युनिट बुकिङ भइसकेको र हालसम्म २०० युनिट डेलिभरी गरिएको कम्पनीले जनाएको छ ।
नयाँ पन्च ईभीमा ३० किलोवाट आवर र ४० किलोवाट आवरको दुई ब्याट्री अप्सन पाइने भएको छ ।
पन्च फेसलिफ्ट २०-८० मात्र २६ मिनेटमा चार्ज गर्न सकिन्छ । यसले ६५ किलोवाटको डीसी फास्ट चार्ज सर्पोट गर्छ । यसलाई १५ मिनेट चार्ज गर्दा १३५ किलोमिटर रेन्ज पाइने कम्पनीको दाबी छ ।
नयाँ पन्च ईभीमा टाटाका ठूला ईभी मोडेलहरूबाट प्रेरित १६ इन्चका एरो अप्टिमाइज अलोय ह्वील दिइएके छ । पछाडिको भागमा आइस पन्च फेसलिफ्टको जस्तै जडान गरिएका एलईडी टेललाइटहरू दिइएको छ ।
फेसलिफ्ट पन्चमा पहिलेकै ड्यासबोर्ड डिजाइन छ । तर, नयाँ ट्रिम फिनिस र अपडेटेड दोहोरो रङ थिम थपिएको छ। यसमा १०.२५ इन्चको इन्फोटेनमेन्ट टचस्क्रीन र १०.२५ इन्चको डिजिटल ड्राइभर डिस्प्ले छ ।
पन्च ईभीमा वायरलेस चार्जिङ, भेन्टिलेटेड सिट, एम्बियन्ट लाइट, कनेक्टेड कार टेक्नोलोजी, ३६० डिग्री क्यामेरा छन् । सुरक्षाका लागि ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल होल्ड एसिस्ट, टायर प्रेसर मनिटरिङ सिस्टम, आईएसओफिक्स चाइल्ड सिट माउन्ट, हाइ बिम एसिस्ट लगायतका फिचर छन् ।