0
Shares
काठमाडौं । नेपाली बजारमा टाटा मोटर्सको चर्चित एसयूभी नेक्सन ईभीको अपडेटेड भर्सन सार्वजनिक भएको छ ।
नेपालका लागि टाटाको आधिकारिक बिक्री बिक्रेता सिप्रदी ट्रेडिङले नाडा अटो शो २०२६ मा नयाँ नेक्सन रिलाेडेड मोडल बिक्री सुरू गरेको हो ।
कम्पनीले नयाँ नेक्सनको सुरुआती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको छ । नाडा अफर अन्तर्गत कम्पनीले १ लाख रुपैयाँ छुट दिएकाले ग्राहकले ४२ लाख ९९ हजार रुपैयाँमै किन्न पाउने छन् ।
नयाँ नेक्सन ४५ किलोवाट आवर क्षमताको प्रिज्म्याटीक ब्याट्री छ । यसले एकपटकको फुलचार्जमा ३७५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ । यसमा ९८ किलोवाट आवरको मोटर छ ।
नेक्सन के–थ्रीलाई ७.२ किलोवाटको एसी चार्जर र ६० किलोवाटसम्मको डिसी चार्जरले चार्ज गर्न सकिन्छ । कम्पनीले यसमा चार लेभलको रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिएको छ ।