गोरखा इतिहास र पहिचानलाई सम्मान गर्दै नेपालमा आयो रोयल इन्फिल्ड क्लासिक ३५० गोरखा एडिसन

0 Shares

काठमाडौँ । रोयल इन्फिल्डले नेपालको गोरखा परम्परा, वीरता र गौरवपूर्ण इतिहासलाई सम्मान गर्दै क्लासिक ३५० गोरखा एडिसन नेपाली बजारमा सार्वजनिक गरेको छ। गोरखा समुदायको साहस, दृढता र अदम्य भावनाबाट प्रेरित यो विशेष संस्करणलाई नेपालको पहिचानसँग गहिरो रूपमा जोडेर तयार गरिएको कम्पनीले जनाएको छ ।

विशेष संस्करणमा आकर्षक गोरखा ग्रीन रङसँगै गोरखा पहिचानको प्रतीक मानिने क्रस खुकुरीको विशेष चिन्ह समावेश गरिएको छ। कम्पनीका अनुसार क्लासिक ३५० को परिचित डिजाइनलाई कायम राख्दै यसमा गोरखा विरासत झल्किने केही विशेष डिजाइन र फिचर थपिएका छन् ।

गोरखा विरासतलाई सम्मान गर्ने प्रयास

रोयल इन्फिल्डका प्रमुख वाणिज्य अधिकृत यादविन्दर सिंह गुलेरियाले क्लासिक ३५० नेपालका राइडरहरूमाझ लामो समयदेखि लोकप्रिय रहेको उल्लेख गर्दै गोरखा एडिसनमार्फत नेपालको पहिचानसँग जोडिएको विरासतलाई सम्मान गर्न पाएको बताए । उनका अनुसार गोरखा समुदाय विश्वभर साहस, वफादारी र सम्मानका लागि परिचित भएकाले त्यसै भावनालाई क्लासिकको मौलिक पहिचानसँग जोड्ने प्रयास गरिएको हो ।

नेपालका लागि रोयल इन्फिल्डका आधिकारिक वितरक अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्षवर्धन संघाईले पनि गोरखा एडिसन नेपालको इतिहास र मूल्यलाई नयाँ ढंगले प्रस्तुत गर्ने प्रयास भएको बताए। उनले यो विशेष संस्करणले नेपाली राइडरलाई आकर्षित गर्ने विश्वास व्यक्त गरे।

परिचित क्लासिक डिजाइनसँग नयाँ फिचर

क्लासिक ३५० गोरखा एडिसनमा क्लासिक सिरिजकै परिचित अपराइट राइडिङ पोस्चर, डिजाइन र जे–सिरिज इन्जिन राखिएको छ। सहज गियर सिफ्टका लागि यसमा असिस्ट एन्ड स्लिपर क्लच पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ।

रोयल इन्फिल्डले मोटरसाइकलसँगै गोरखा कलेक्सन पनि सार्वजनिक गरेको छ । गोरखा विरासतबाट प्रेरित उक्त कलेक्सनमा प्रिमियम राइडिङ गियर, छालाका बुट, हेल्मेट, हेडगियर, लाइफस्टाइल अपारेल तथा अन्य एसेसोरिज समावेश छन् ।

कलेक्सनको डिजाइनमा क्रस खुकुरी, परम्परागत नेपाली ढाका बुनाइ र नेपाली हस्तकलाबाट प्रेरित तत्व प्रयोग गरिएको कम्पनीले जनाएको छ। गोरखा एडिसन ग्रीन, रेजिमेन्टल क्रिमसन, ट्याक्टिकल ओलिभ ग्रीन, म्याट ब्ल्याक र वार्म ब्रन्जजस्ता रङलाई कलेक्सनमा प्राथमिकता दिइएको छ ।

सम्बन्धित समाचार