कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ

0 Shares

कैलाली । बझाङमा जिउँदो कुकुरलाई पुलबाट सेती नदीमा फालेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जयपृथ्वी नगरपालिका–१०, चैनपुरस्थित पानकोट पुलबाट कुकुरलाई सेती नदीमा फाल्ने जयपृथ्वी नगरपालिका–३ पडेस बस्ने ४२ वर्षीया बिमला देवी रोकायालाई पक्राउ गरिएको हो।

प्रहरीले उनलाई बुधबार पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रहरीका अनुसार करिब दुई सातादेखि बिरामी रहेको कुकुरको शरीरको पछाडिको भाग पाकेको र गन्ध आउने गरेको थियो।

कुकुरले घर नजिकको बाटोमा आवतजावत गर्ने मानिसलाई टोक्न थालेपछि महिलाले पानकोट पुलबाट सेती नदीमा फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

सम्बन्धित समाचार