काठमाडौं । गत आर्थिक वर्ष २०८२/०८३ मा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको खुद नाफा १६०.६६ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले गत वर्षमा ३९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा १८ करोड ९१ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीको कुल आम्दानी ९ अर्ब १९ करोडबाट बढेर गत वर्ष ११ अर्ब १८ करोड रुपैयाँ पुगेको छ भने कुल खर्च पनि ८ अर्ब ६४ करोडबाट बढेर १० अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले ५ लाख ९१ हजार ७५७ वटा बीमा पोलिसि बिक्री गरेका छ ।
गत आवको असार मसान्तसम्म कम्पनीले दिर्घकालका लागि २४ अर्ब ३६ करोड र अल्पकालका लागि ६ अर्ब १६ करोड रुपैयाँ विभिन्न क्षेत्रमा लगनी गरेको छ । कम्पनीको जीवन बीमा कोषको आकार ३६.१२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष १९ अर्ब ८५ करोड रुपैयाँ रहेको कोषमा गत आवको अन्त्यमा २७ अर्ब २ करोड पुगेको छ ।
कम्पनीको प्रति शेयर आम्दानी ७.८२ रुपैयाँ, प्रति शेयर नेटवर्थ १३१.६० रुपैयाँ र प्रति शेयर सम्पत्तिको मूल्य ६८८.२४ रुपैयाँ रहेको छ । कम्पनीको सोल्भेन्सी मार्जिन रेसियो घटेर १.७३ गुणामा झरेको छ । अघिल्लो वर्ष ३.४२ गुणा थियो ।