0
Shares
काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुद्युम्न प्रसाद उपाध्यायलाई दोहोरिएका छन् । उनले थप चार वर्षका लागि पुन:र्नियुक्ति पाएका हुन् ।
भदौ २४ बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उपाध्यायलाई सीईओमा पुन नियुक्त गरेको हो । उपाध्यायको कार्यकाल २०८३ कात्तिक ६ गते समाप्त हुँदै थियो। सोही मितिबाट उनले दोस्रो कार्यकालको जिम्मेवारी सम्हाल्ने छन् ।
उनको दोस्रो कार्यकाल २०८३ कात्तिक ७ गतेदेखि २०८७ कात्तिक ६ गतेसम्म कायम रहने छ ।