0
Shares
काठमाडौं। रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी रहेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ः०० बजेसम्म कोषका विभिन्न बैंक खातामा कुल मौज्दात रकम रु १८ अर्ब ९ करोड ३२ लाख ३६ हजार ८५२ पुगेको छ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न नौवटा वाणिज्य बैंकमा रु १३ अर्ब ४८ करोड चार लाख २९ हजार ६४ मौज्दात रहेको छ भने हिमालयन बैंक र लक्ष्मी सनराइज बैंकमा तीन करोड चार लाख ९१ हजार ४४४ अमेरिकी डलर जम्मा भएको छ।