देउवा साउन २९ गते संस्थापनइतर पक्षको भेलामा सहभागी हुने

0 Shares

काठमाडौं । २८ गते कांग्रेस संस्थापन इतरले गर्न लागेको बेलामा पूर्वसभापति शेरबहादुर देउवा पनि उपस्थित हुने भएका छन् । नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले साउन २९ देखि ३१ गतेसम्म गर्ने तयारी भएको भेलामा पूर्वसभापति देउवा पनि उपस्थित हुने जानकारी दिएका छन् ।
अहिले भेलाका लागि प्रतिवेदन लेख्ने काम गरिरहेका महतले भेलाका लागि २६ गते देउवा हङकङबाट नेपाल आइपुग्ने बताएका छन्।

‘२९ गतेको भेलामा पूर्वसभापति देउवा दाइ पनि आइपुग्नुहुन्छ। उहाँ अहिलेसम्मको कार्यक्रममा २६ गते आइपुग्ने कार्यसूची छ’, महतले भने, ‘उक्त भेलामा धेरैभन्दा धेरै साथीहरूको सहभागिता हुन्छ।’

कांग्रेसमा देउवा पक्षले गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट सभापति भएका गगन थापालाई सभापति स्वीकार गरेका छैनन् ।

सम्बन्धित समाचार