असोज ६ गते मंगलबार तपाईको राशिफलमा के छ?

0 Shares

आज मिति २०८३ साल असोज ६ गते मंगलबार । सन् २०२६ सेप्टेम्बर २२ तारिख । नेपाल संवत् ११४६, रौद्र संवत्सर । भाद्र शुक्लपक्षको एकादशी तिथि । बिहान ५ बजेर ५२ मिनेटमा झुल्किएको घाम बेलुकी ५ बजेर ५९ मिनेटमा अस्ताउने छ । अब सुरु गरौँ आजको राशिफलः

मेष

धेरै परिश्रम गरे पनि थोरै लाभ मिल्ने समय छ । छरछिमेकमा केही असमझदारी बढ्ने योग छ, तर समाधान भने हुने नै देखिन्छ । घरखर्च केही बढ्नेछ । पति पत्नीबीच असमझदारी बढ्न सक्छ, बोली र व्यवहारमा संयमता अपनाउनु हितकर हुनेछ । आयआर्जनको कमीले वादविवादको सम्भावना छ ।

बृष

व्यस्तता बढ्नुका साथै काममा जोखिम वृद्धि हुने समय छ । स्वास्थ्यगत समस्याले केही सताउन सक्छ । साथीभाइले धोका दिने र परिवारजनले समेत साथ नदिन सक्छन्, सावधान रहनुहोला । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने सम्भावना छ । खर्च पनि बढ्नेछ ।

मिथुन

परोपकार तथा समाजसेवामा विशेष लगाव रहने समय छ । धार्मिक समारोहमा सरिक हुने अवसर जुर्ला । कार्य ब्यवहार निर्वाहका क्रममा नयाँ शिप तथा ज्ञान प्राप्त हुने देखिन्छ । पढाइलेखाइमा प्रगति होला । यात्रा उपलब्धिमूलक बन्नाले काममा उत्साह जाग्नेछ । सन्तानपक्षबाट सुख मिल्ने छ ।

कर्कट

कुटुम्ब वा आफन्तजनको सहयोगले विशेष फाइदा उठाउन सकिने र नयाँ योजनामा अघि बढ्न सकिने समय छ । परिश्रमको राम्रो मूल्यांकन होला । वैदेशिक क्षेत्रबाट लाभ उठाउन सकिनेछ । चिताएको काम बन्ने योग रहेकोले महत्वपूर्ण कामहरू कार्यान्वयनमा लैजानु हितकर हुनेछ ।

सिंह

मिश्रित फलदायी दिन छ । खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । आरोग्यबल बढ्नुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सरिक हुने अवसर जुर्ला । तर, पारिवारिक समस्याहरू देखापर्ने सम्भावना छ । मित्रजनसँग मनमुटावको योग छ ।

कन्या

साना व्यक्तिको सहयोगले ठूलो फाइदा उठाउन सकिने समय छ । आयआर्जनका नयाँ स्रोतहरू थपिनेछन् । ब्यस्तता वृद्धिका बीच कामको दायित्व बढ्नेछ । मानसम्मान पनि पाइनेछ । धार्मिक तथा सामाजिक काममा रुचि जागृत होला । साथीभाइको सहयोग प्राप्त हुनेछ । कार्यगति बढ्नेछ ।

तुला

व्यापार व्यवसायमा विशेष प्रगति हुने समय छ । नयाँ उद्योग–धन्दाको थालनी गर्न सकिनेछ । सामान्य र उद्योग तथा व्यापारमा राम्रै लाभ मिल्ने देखिन्छ । आरोग्यबल वृद्धि होला । प्रेम र मित्रताको बन्धन कसिएर जानेछ । पढाइलेखाइमा सुधार होला । मिठो भोजन प्राप्तिले सुख बढ्ने छ ।

वृश्चिक

पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिने समय छ । परिवारजनसँग आत्मीयता बढ्नेछ । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । आजको दिन विश्वास गरेका पात्रले धोका दिन पनि सक्छन्, होसियार रहनुहोला । रोकिएको काम मिहेनतले बन्नेछ । आरोग्यबल बढ्नेछ ।

धनु

व्यापार तथा आर्थिक क्रियाकलापमा राम्रै फाइदा हुने समय छ । तथापि, आर्थिक अभावले चाहिँ सताउन सक्छ । व्यवसायमा केही उतारचढाव आउला । स्वास्थ्यसम्बन्धी सामान्य समस्या आइपर्न सक्छ, सतर्क रहनु हितकर होला । विद्यार्थीहरूका लागि भने अनुकूल समय छ । नियमकानूनले साथ दिनाले दायित्व निर्वाहमा सहजता आउला ।

मकर

चुनौतीहरू पन्छाउँदै रोकिएका काम बनाउन सकिने समय छ । धैर्यले काम लिने प्रयास गर्नुहोला । बौद्धिक प्रभाव बढ्नुका साथै विभिन्न अवसर मिल्ने योग छ । नाता–कुटुम्बको विशेष सहयोग रहनेछ । व्यापार(व्यवसाय विस्तार होला । कृषिकर्म र चौपायाबाट पनि राम्रै लाभ हुनेछ ।

कुम्भ

रोकिएका काम सुरु हुनेछन् भने गरेका कामबाट राम्रै लाभ हुने समय छ । श्रमको उचित मूल्यांकन होला । सन्तान पक्षबाट सुख मिल्ने योग छ । वौद्धिक पक्ष सबल बन्नुका साथै मानसम्मान पाइनेछ । आयआर्जनका स्रोत बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ ।

मीन

आजको दिन रोजगारीमा बाधा आइपर्नुका साथै प्रतिकूल स्थानान्तरण जस्ता समस्या आइपर्ने सम्भावना छ, सजग रही ब्यवहार गर्नुहोला । तथापि, आफन्तको साथबाट आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन् । कर्मबल बढ्नेछ । साझेदारीको काम बन्ने छ ।

सम्बन्धित समाचार