काठमाडौं । पछिल्लो एक साताको अवधिमा नेपाली बजारमा सुनको मूल्यमा चतारचढाव भएको छ । साउन ८ गते शुक्रबार प्रतितोला २ लाख ८५ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य साउन १५ गते शुक्रबारसम्म आइपुग्दा घटेर २ लाख ८५ हजार रुपैयाँमा झरेको छ ।
साउन १० गते आइतबार सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले बढेर २ लाख ८७ हजार १०० रुपैयाँमा कारोबार भयो । साउन ११ गते सोमबार पनि सुनको मूल्य प्रतितोला थप १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ५०० रुपैयाँ पुगेको थियो ।
साउन १२ मंगलबार सुनमा भारी गिरावट आएको थियो । यसदिन सुनको मूल्य प्रतितोला ४ हजार ३०० रुपैयाँले घटेर २ लाख ८४ हजार २०० रुपैयाँमा झरेको थियो ।
यसैगरी साउन १३ गते बुधबार सुनको मूल्य तोलामा थप १ हजार रुपैयाँले घटेर २ लाख ८३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । साउन १४ बिहीबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ८४ जार रुपैयाँ पुगेको थियो ।
साताको अन्तिम दिन साउन १५ गते शुक्रबार पुनः १ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार बन्द भएको छ । यसरी हेर्दा सुनको मूल्य साताभर तीव्र उतारचढाव भए पनि अघिल्लो साताको तुलनामा प्रतितोला ५०० रुपैयाँ घटेको छ ।