0
Shares
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले राष्ट्रिय भेलाको संयोजक डा. शशांक कोइरालालाई तोकेको छ। आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गरेर कोइरालालाई भेलाको संयोजक तोकेको नेता मीन विश्वकर्माले बताए।
देउवा समूहले ५५१ सदस्यीय राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। देउवा समूहले साउन २९ गते काठमाडौंमा भेला गर्दै छ। कांग्रेसको संस्थापन इतर पक्षले पार्टी नेतृत्वले एकताको पहल नगरेपछि राष्ट्रिय भेला गर्न बाध्य भएको जनाएको छ।
आज सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गरेर नेता शशांक कोइरालाले पार्टी एकताको आफूहरूले अनवरत प्रयास गर्दा पनि असफल भएको बताए।