0
Shares
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले आज राजधानीका विभिन्न स्थानमा एक घण्टा लोडसेडिङ गर्ने भएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै राजधानीका स्युचाटार, पाटन, टेकु र के–३ मा अपराह्न ४: ३० बजेदेखि ५ :३० बजेसम्म लोडसेडिङ हुने जानकारी दिएको हो ।
प्राधिकरणले स्युचाटार–मातातिर्थ १३२ केभी लाइन बसमा तार चुडिएर आकस्मिक समस्या आएकोले मर्मत कार्यका लागि लोडसेडिङ गर्नुपरेको जानकारी दिएको छ ।
मर्मत कार्य तोकिएको समयभन्दा अगावै सम्पन्न भएमा विद्युत सेवा सोहीअनुसार पुनः सुचारु गरिने समेत प्राधिरकणले जनाएको छ । यसबाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति प्राधिकरणले क्षमा मागेको छ