कुवेत आक्रमणमा निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याइँदै

0 Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले कुवेतमा भएको आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव स्वदेश ल्याउन लागिएको जनाएको छ ।

उत्तरी कुवेतमा बिहीबार भएको आक्रमणमा परी निधन भएका तेह्रथुम निवासी नेपाली नागरिक सोमकुमार तामाङको शव आज कुबेत एयरवेजमार्फत नेपाल ल्याउन लागिएको हो ।

यस घटनाप्रति मन्त्रालयले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको जनाएको छ ।

सम्बन्धित समाचार