राहदानी आवेदन फाराम सेवाग्राहीलाई ध्यानमा राख्दै शनिबार र आइतबार खुला हुने

0 Shares

काठमाडौं । राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला राख्ने जनाएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै शनिबार र आइतबार सार्वजनिक बिदाका दिनसमेत राहदानी आवेदन फाराम भर्न सकिने जानकारी दिएको हो।

विभागका अनुसार वैदेशिक रोजगार विभागले साउन १४ गते जारी गरेको सूचनाअनुसार दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (EPS) अन्तर्गत आवेदन दिने म्याद थप भएपछि त्यसलाई मध्यनजर गर्दै राहदानी आवेदन फाराम खुला राखिएको हो। विभागले आवेदन फाराम भरेका सेवाग्राहीलाई फाराममा उल्लेख गरिएको मिति र समयमा नै विभागमा उपस्थित भई राहदानी सेवा लिन आग्रह गरेको छ।

तोकिएको समयमा सेवाग्राही उपस्थित भए सेवा प्रवाहलाई थप व्यवस्थित र सहज बनाउन सहयोग पुग्ने विभागले जनाएको छ।

सम्बन्धित समाचार