निगमको टेकु कार्यालयबाट पनि खाना पकाउने ग्यासको बिक्री वितरण सुरु

0 Shares

काठमाडौँ । नेपाल आयल निगमले बजारमा खाना पकाउने एलपी ग्यासको अभाव नरहेको स्पष्ट पारेको छ । दैनिक मागअनुसार ग्यासको आपूर्ति भइरहेको भए पनि बजारमा अभाव भएको भन्ने समाचार र उपभोक्ताको गुनासोप्रति ध्यानाकर्षण भएको जनाउँदै निगमले ग्याँस आपूर्ति सहज बनाउन थप कदम चालिएको जानकारी दिएको छ ।

काठमाडौँ उपत्यकामा ग्यासको उच्च मागलाई मध्यनजर गर्दै निगमले साउन १६ गते ९शनिबार० देखि टेकुस्थित आफ्नो कार्यालयबाट समेत ग्याँस बिक्री वितरणको व्यवस्था मिलाएको छ ।

निगमका अनुसार बिहान ११ः०० बजेदेखि बेलुकी ५ः०० बजेसम्म सम्बन्धित उद्योगमार्फत नेपाल ग्यास, एचपी ग्यास, एभरेस्ट ग्यास, सुगम ग्यास र श्रीराम ग्यासका सिलिन्डरहरू वितरण गरिनेछ ।

घरायसी उपभोक्तालाई प्राथमिकता र अभिलेख राख्न निर्देशन

निगमले सम्पूर्ण ग्यास उद्योगी तथा विक्रेताहरूलाई बजारमा सहज आपूर्ति मिलाउन र घरायसी प्रयोजनका उपभोक्तालाई प्राथमिकतामा राखेर वितरण गर्न अनुरोध गरेको छ । बिक्रीलाई व्यवस्थित बनाउन विक्रेताहरूले खरिदकर्ताको नाम, ठेगाना र सम्पर्क नम्बरको रेकर्ड राख्नुपर्नेछ ।

यदि बजारमा ग्यास नपाएको खण्डमा उपभोक्ताहरूले कार्यालय समयभित्र निगमको हटलाइन नम्बर ०१–५९७१९०२ मा सम्पर्क गर्न सक्नेछन् ।

एलपी ग्यासको आयात तथा बिक्री वितरण नियमित भइरहेको र आगामी दिनमा पनि निरन्तर रहने भएकाले उपभोक्ताहरूलाई अस्वाभाविकरअनावश्यक भण्डारण नगर्न र आवश्यकता अनुसार मात्र ग्याँस खरिद गर्न निगमले हार्दिक अनुरोध गरेको छ ।

यस अघि पनि बजारमा ग्यास अभाव भए पनि निगमले माघ २८ गतेदेखि टेकुपरिसरबाट बिक्री गरेको थियो । पश्चिम एसिया द्वन्द्व बढ्दै गएपछि आधा सिलिन्डर ग्यास बिक्री सुरु गरेसँगै बजारमा ग्यास सहज पाइन थालेको र टेकुपरिसरबाट बिक्री स्थगन गरेको थियो ।

सम्बन्धित समाचार