सुनसरीमा हट्यो कर्फ्यु , केही स्थानमा निषेधाज्ञा कायमै

0 Shares

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको अनिश्चितकालीन कर्फ्यु आदेशलाई हटाएको छ । प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले सूचना जारी गर्दै आज बिहान ८ः३० बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यु हटाइएको जानकारी दिएका हुन् ।

कर्फ्यु हटे पनि शान्ति सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम निषेध आदेश (निषेधाज्ञा) भने जारी गरेको छ । आदेशअनुसार तोकिएका क्षेत्रहरूमा एकै ठाउँमा ५ जनाभन्दा बढी मानिसहरू भेला हुन वा जम्मा हुन पाउने छैनन् ।

यसअघि गत साउन १२ गते राति ९ बजेदेखि कर्फ्यु आदेश जारी गरिएको थियो ।

सम्बन्धित समाचार