प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले भने- ‘देशको राजनीतिक अवस्था सहज छैन’

0 Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति राम्रो नभएको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले जनताले अभिमत प्रकट गरेअनुरुप सरकारले काम गर्न नसकेको बताए ।

उनले भने, ‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन, हामीले आफ्नो आफ्नो मत राखेका छौँ, यो राम्रो कुरा हो, जनताले जसरी आफ्नो अभिमत प्रकट गरे, यसबीचका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन ।’

उनले दिन प्रतिदिन परिस्थिति असहज हुँदै जाँदा व्याप्त चिन्ता छाएको बताए ।

सम्बन्धित समाचार