सुनसरी घटनापछि बसेको संसद बैठकमा पुगेनन् प्रधानमन्त्री र गृहमन्त्री

0 Shares

काठमाडौं । सुनसरीमा भएको घटनापछि बसेको पहिलो प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र गृहमन्त्री सुदन गुरुङ अनुपस्थित भएका छन् । दुई साता स्थगित भएर बसेको आजको बैठकमा उनीहरू अनुपस्थित भएका हुन् ।

संसद् बैठकमा सांसदहरूले प्रधानमन्त्री र गृहमन्त्रीको खोजी गरेका थिए । प्रधानमन्त्री बालेनले संसद बैठक हुने समयमा सुरक्षा समिति बैठकको तयारीमा लागेका छन् ।

यता, नेपाली कांग्रेसकी सांसद बासना थापाले एउटा नेपाली युवाको मृत्यु हुँदा संवेदनशीलता कहाँ हरायो? भन्दै प्रश्न गरेकी थिइन् । उनीसँगै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यो विषय संसद् बैठकमा प्रधानमन्त्री र गृहमन्त्री दुवै खोजी गरेका छन् ।

कांग्रेसकी सांसद रेखा कुमारी यादवले ‘यत्रो घटना घट्दा गृहमन्त्री ज्यू कहाँ हराउनुभयो?’ भन्दै प्रश्न गरेकी थिइन् ।

सम्बन्धित समाचार