सन्दीप लामिछानेले अमेरिका जान अन्तर्वार्ता दिँदै, विश्वकप खेल्ने सम्भावना कति ?

0 Shares

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान तथा क्रिकेटर सन्दीप लामिछानेले अमेरिका जाने भिसाका लागि अन्तर्वार्ता दिने भएका छन् ।

त्यसका लागि नेपालस्थित अमेरिकी राजदूतावासले बिहीबार अपराह्न ४ बजे सन्दीपको अन्तर्वार्ता लिने तयारी गरेको छ ।

टी २० विश्वकप खेल्न अमेरिका पठाउन सन्दीपलाई भिसा दिन सरकारले नोट लेखिसकेको छ । भिसा मिलेमा सन्दीप आजै राति अमेरिका जाने छन् ।

गौशाला २६ माथि बलात्कार गरेको मुद्दामा उच्च अदालत पाटनले सफाइ पाएसँगै नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीपलाई विश्वकपमा सामेल गराउने प्रयास गर्दै आएको छ ।

यता, अमेरिकी दूतावासले भिसा दिन अस्वीकार गर्दै आएपछि उनी जान पाएका छैनन् ।

सम्बन्धित समाचार