0
Shares
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह राष्ट्रपति निवास शीतल निवास पुगेका छन् । मधेशमा पछिल्लो समय विकसित घटनाक्रमपछि देशवासीका नाममा सम्बोधन गरेपछि बिहीबार बेलुका उनी शीतल निवास पुगेका हुन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग पछिल्ला केही दिनयता विकसित भइरहेका घटनाक्रम लगायतका विषयमा छलफल गर्ने बुझिएको छ ।रास्वपा सभापति रबि लामिछानेले राष्ट्रपतिलाई भेटे पनि बालेनले भेटेका थिएनन् । तराईमा सामाजिक सद्भाव विग्रदै गएपछि प्रधानमन्त्री पहिलो पटक राष्ट्रपतिलाई भेट्न सितल निवास पुगेका हुन् ।