0
Shares
काठमाडौं । बागमती प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाका अनुसार आज मंगलबारदेखि एमाले प्रदेश सरकारबाट बाहिरिएको हो ।
उनले प्रदेश सरकारमा रहेका मन्त्रीहरूले मुख्यमन्त्री इन्द्रबहादुर बानिँयालाई भोलि राजीनामा दिने बताए । उनले मिल्न सक्ने शक्तिहरूबीच मिलेर सरकार गठन गर्ने पनि बताए । उनले नेकपासँग सत्ता सहकार्य हुने पनि दाबी गरे ।
आजैमात्र एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच ओली निवासमा छलफल भएको थियो ।