इजिप्टविरुद्ध बराबरी गोल फर्काउन चुके मेस्सी

0 Shares

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को अन्तिम १६ को खेलमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी पेनाल्टीमा चुकेका छन् । उनी जारी खेलमा दोस्रो पटक पेनाल्टीमा चुकेका हुन् ।

उनी पेनाल्टीमा चुकेसँगै इजिप्टविरुद्ध बराबरी गोल फर्काउने मौका गुकाएको छ । इजिप्टविरुद्ध १-० ले पछि परेको अवस्थामा अर्जेन्टिनाले पेनाल्टी पाएको थियो ।

खेलको २० औँ मिनेटमा निकोलस ताग्लियाफिकोलाई इजिप्टका हाइसम हसनले डिबक्सभित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । तर, मेसीले प्रहार गरेको पेनाल्टीलाई इजिप्टका गोलकिपर मोस्टाफा शोबेइरले आफ्नो बायाँतर्फ डाइभ गर्दै उत्कृष्ट बचाउ गरे। यस विश्वकपमा मेसी पेनाल्टीमा चुकेको यो दोस्रो पटक हो ।

यसअघि खेलको १५ औँ मिनेटमा यासेर इब्राहिमले हेडमार्फत सानदार गोल गर्दै इजिप्टलाई अग्रता दिलाएको थियो ।

सम्बन्धित समाचार