विश्वकपबाट बाहिरिएसँगै पोर्चुगलका मुख्य प्रशिक्षकले दिए राजीनामा

0 Shares

काठमाडौं । पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले विश्वकपबाट टोली बाहिरिएसँगै पदबाट राजीनामाको घोषणा गरेका छन् । विश्वकपको अन्तिम १६ मा स्पेनसँग १-० ले पराजित भएपछि स्पेनी प्रशिक्षक मार्टिनेजले आफ्नो कार्यकाल समाप्त भएको बताए ।

उनले आफ्नो सम्झौता सकिएको र अब पोर्चुगल फुटबल महासंघले नयाँ प्रशिक्षक नियुक्त गरेर नयाँ युग सुरु गर्ने समय आएको बताएका थिए । खेलपछि कुरा गर्दै मार्टिनेजले आफूले पोर्चुगलको जिम्मेवारी एउटै लक्ष्यका साथ सम्हालेको बताए, त्यो थियो विश्वकप जित्नु ।

मार्टिनेजले साढे तीन वर्षको कार्यकालमा आफूलाई विश्वास र पूर्ण साथ दिएको पोर्चुगल फुटबल महासंघप्रति आभार व्यक्त गरे । उनले महासंघका अध्यक्ष पेड्रो प्रोएन्सालाई विशेष धन्यवाद दिँदै उच्चस्तरमा प्रतिस्पर्धा गर्न आवश्यक सबै सुविधा उपलब्ध गराइएको बताए ।

पोर्चुगलका प्रशिक्षकका रुपमा आफ्नो अन्तिम पत्रकार सम्मेलनमा मार्टिनेजले कप्तान क्रिस्टियानो रोनाल्डोको प्रशंसा गरे । उनले रोनाल्डोलाई अनुकरणीय कप्तान भन्दै उनको नेतृत्व क्षमता, व्यावसायिकता र समर्पणले राष्ट्रिय टोलीमा उच्च मापदण्ड स्थापित गरेको बताए ।

सम्बन्धित समाचार