सुनचाँदीको मूल्यमा गिरावट, कतिमा हुँदैछ कारोबार?

0 Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ । हिजोको तुलनामा सुन तोलामा ६०० र चाँदी १५ रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ७७ हजार ३०० र त्यति नै परिमाणको चाँदीको मूल्य चार हजार २७० कायम भएको छ ।

मंगलबार एक तोला सुन दुई लाख ७७ हजार ९०० र चाँदी चार हजार २८५ मा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन तीन ९८६ र चाँदी ५८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित समाचार