उपआयोजक मेक्सिको अन्तिम १६ मा प्रवेश

0 Shares

काठमाडौं । इक्वेडरलाई पराजित गर्दै मेक्सिको फिफा विश्वकप फुटबल २०२६ को अन्तिम १६ मा पुगेको छ ।

मेक्सिको सिटीस्थित एस्टाडियो अज्टेका स्टेडियममा आज बिहान सम्पन्न खेलमा इक्वेडरलाई २-० गोलअन्तरले हराउँदै अन्तिम १६ मा स्थान पक्का गरेको हो । मेक्सिकोको जितमा जुलियन क्विनोनेस र राउल जिमेनेजले समान एक/एक गोल गरे ।

खेलको २१औँ मिनेटमा जुलियनले गोल गर्दै मेक्सिकोलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ३१औँ मिनेटमा राउलले गोल गर्दै मेक्सिकोको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । खेल मेक्सिको पक्षमा रह्यो ।

मेक्सिकाले यसअघि भएको समूह चरणको खेलमा दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकलाई पराजित गर्दै नकआउट चरणमा प्रवेश गरेको थियो । यस हारसँगै इक्वेडर भने विश्वकपबाट बाहिरिएको छ ।

सम्बन्धित समाचार