काठमाडौं । सिटिजन्स बैंक र जय नेपाल सिनेमाज बीच बैंकका ग्राहकलाई चलचित्रको टिकट खरिदमा छुट प्रदान गर्ने समझदारी भएको छ।
समझदारीअनुसार सिटिजन्स बैंकका कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताले जय नेपाल सिनेमाजमा चलचित्रको टिकट खरिद गर्दा १० प्रतिशतसम्म छुट पाउनेछन्।
बैंकका अनुसार यस सहकार्यले ग्राहकलाई प्रत्यक्ष लाभ पुग्नुका साथै नगद कारोबारबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बैंकले डिजिटल बैंकिङ सेवाको प्रयोग बढाउन र डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्ने उद्देश्यले समय–समयमा विभिन्न ग्राहकमैत्री सुविधा सञ्चालन गर्दै आएको जनाएको छ। डिजिटल कारोबारमा उपलब्ध छुटसम्बन्धी विस्तृत जानकारी बैंकको वेबसाइटमार्फत प्राप्त गर्न सकिनेछ।
सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। साथै, ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, ‘सिटिजन्स डिजी बैंक सेवा’ एकीकृत अनलाइन प्लेटफर्म तथा फ्रिलान्सरलाई लक्षित ‘फ्रिलान्सर सेभिङ्स अकाउन्ट’ समेत सञ्चालनमा ल्याइसकेको छ।
बैंकले मोबाइल बैंकिङ एपमार्फत नै शेयर आवेदन तथा सी–आर–एन नम्बर सेवा, साथै अन्य बैंकका ग्राहकले पनि सिटिजन्स बैंकको शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस–बैंक टेलर सुविधा उपलब्ध गराएको जनाएको छ।
हाल सिटिजन्स बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ इकाइमार्फत २० लाख ३९ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।