टी २० विश्वकपअघि आज नेपाल र क्यानडा भिड्दै, कसले मार्ला बाजी ?

0 Shares

काठमाडौं । आईसीसी टी २० विश्वकपअघि वार्म अप खेल आजदेखि शुरु हुँदै छ । आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै छ ।

अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने यो खेल नेपाली समयअनुसार राति ९ः१५ बजेदेखि शुरु हुँदै छ ।

नेपाल र क्यानडाबीच अहिलेसम्म एक मात्र टी २० अन्तर्राष्ट्रिय खेल भएको छ । २०२२ को फेब्रुअरी २१ मा भएको खेल नेपालले जितेको थियो ।

आईसीसीको टी २० वरियतामा नेपाल १७ औँ स्थानमा छ भने क्यानडा २३ औँ स्थानमा रहेको छ । नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ ।

सम्बन्धित समाचार