0
Shares
काठमाडौं । कास्कीको पोखरा महानगरपालिका ६ स्थित फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।
सोही महानगर १५ रामबजार बस्ने १९ वर्षीय अमर थापा क्षेत्री आज साँझ ७ बजे फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाउनासाथै सशस्त्र प्रहरी बल, नेपाल नं २४ कालिका गण कास्कीबाट उनको खोजी कार्यका लागि गोताखोरसहितको टोली परिचालन भएको थियो । टोलीले फेवातालको करिब २५ फिट गहिराइबाट उनको शवबाहिर निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।