कारले ठक्कर दिँदा वरिष्ठ सईको मृत्यु

0 Shares

सुनसरी । बर्जु गाउँपालिका ६ नरहचोक नजिक आज सवारी दुर्घटना हुँदा नेपाल प्रहरीका वरिष्ठ नायब निरीक्षक (सई)को मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सप्तरी विष्णुपुर गाउँपालिका १ का ५० वर्षीय लालकुमार यादवको मृत्यु भएको सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिए ।

चिमडीतर्फ आउँदै गरेको प्र १-०२-००२ च ६२५२ नम्बरको ईभी कारले विपरीत दिशाबाट जाँदै गरेको प्र १-०१-००३ प २६१२ नम्बरको मोटर साइकललाई ठक्कर दिँदा यादव गम्भीर घाइते भएका थिए । घाइते यादवको उपचारका क्रममा विराटनगरस्थित विराट नर्सिङ होममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक खड्काले बताए ।

सोही मोटर साइकलको पछाडि सवार उनको श्रीमती ४७ वर्षीया रामपरी यादवको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । उनको विराट नर्सिङहोम मै उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत यादव जिल्ला प्रहरी कार्यालय सिरहाका लागि रवाना लिएर गएका थिए ।

ठक्कर दिने कार र चालक मोरङ कटहरी गाउँपालिका ३ का ५० वर्षीय डा.राजेन्द्र चौधरी सुनसरीका प्रहरीको नियन्त्रणमा रहेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सम्बन्धित समाचार