रास्वपा महाधिवेशन प्रतिनिधिको नामै फेला नपरेपछि हलभित्रै नाराबाजी

0 Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा प्रतिनिधिको नामावलीलाई लिएर विवाद उत्पन्न भएको छ। महाधिवेशनस्थलमा पुगेका केही प्रतिनिधिहरूले आफ्नो नाम प्रतिनिधिको सूचीमा नभेटिएको भन्दै असन्तुष्टि जनाएका छन्।

प्रतिनिधिहरूले आफूहरूको सहभागिता सुनिश्चित नगरी महाधिवेशन प्रक्रिया अघि बढाइएको आरोप लगाउँदै व्यवस्थापनप्रति गुनासो गरेका छन्। बन्दसत्र सुरु हुनुअघि केही प्रतिनिधिहरूले सार्वजनिक रूपमा आपत्ति जनाउँदै आफूहरूमाथि अन्याय भएको बताएका थिए। ‘हामी बालेनको फोटो टाँसेर हिडौँ कि रविको, कसैको टिममा परिएन के हो कारण रु यस्तो पनि महाधिवेशन हुन्छ।’ बन्द सत्र अगाडि उभिएर एक प्रतिनिधिले भनेका छन,’ हामीलाई अन्याय भयो ।’

एक प्रतिनिधिले आफ्नो नाम सूचीमा समावेश नभएको भन्दै नेतृत्वप्रति असन्तुष्टि व्यक्त गरे। उनले पार्टीले वैकल्पिक राजनीतिक शक्तिको दाबी गरिरहे पनि प्रतिनिधि व्यवस्थापनमा पुराना दलभन्दा कमजोर अभ्यास देखिएको टिप्पणी गरे।

नामावलीमा आफ्नो नाम नपरेको विषयमा अन्य केही प्रतिनिधिहरूले पनि समर्थन जनाउँदै समस्या समाधान गर्न पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

 

सम्बन्धित समाचार