बजेट नसच्याए एमाले सुदुरपश्चिम सरकारबाट बाहिरिने

0 Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८३/२०८४ को बजेटलाई लिएर सत्ता साझेदार दल नेकपा  (एमाले) ले आपत्ति जनाएको   छ ।

धनगढीमा सम्पन्न एमाले प्रदेश कमिटीको ११औँ पूर्ण बैठकले सरकारले ल्याएको बजेटमा आवश्यक संशोधन नगरिए सरकारबाटै बाहिरिने चेतावनी दिएको हो ।
पार्टीका प्रदेश उपसचिव एवं प्रचार विभाग प्रमुख भागरथी विष्टद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘बजेट विनियोजन गर्दा एकलौटी ढङ्गले अघि बढ्न खोजिएको छ, यसमा हाम्रो गम्भीर असहमति छ ।’ बैठकले बजेट संशोधनका लागि आफ्नो संसदीय दललाई आवश्यक निर्देशन दिने र माग पूरा नभए संयुक्त सरकारमा सहभागी भइरहन नसक्ने स्पष्ट पारेको छ ।

एमाले सुदूरपश्चिमले सरकारले बजेट ल्याउँदा संयुक्त सरकारको भावना, साझा नीति तथा कार्यक्रम र आपसी सहमतिलाई पूर्णतः लत्याएको निष्कर्ष निकालेको छ ।

सम्बन्धित समाचार