बौद्धको भाटभटेनी सुपर स्टोर बुधबारदेखि पुनः सञ्चालनमा आउने

0 Shares

काठमाडौँ । बौद्धस्थित भाटभटेनी सुपर स्टोर भोलि (असार १० गते) बुधबारदेखि पुनः सञ्चालनमा आउने भएको छ । केही समयको अन्तरालपछि स्टोर सञ्चालनमा आएसँगै ग्राहकले दैनिक रूपमा नियमित सेवा पाउने कम्पनीले जनाएको छ ।

भाटभटेनी सुपरमार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार स्टोरले भोलि बिहानदेखि नै ग्राहकका लागि आफ्ना सबै सेवाहरू खुला गर्नेछ । ग्राहकहरूको सुविधा र मागलाई ध्यानमा राख्दै आधुनिक सुविधा र गुणस्तरीय सामानहरू निरन्तर उपलब्ध गराउने प्रतिबद्धता कम्पनीले जनाएको छ । बौद्ध शाखा पुनः सञ्चालनमा आउने भएपछि स्थानीय उपभोक्ताहरूलाई किनमेल गर्न सहज हुनेछ ।

यस विशेष अवसरमा भाटभटेनी व्यवस्थापनले आफ्ना सम्पूर्ण ग्राहक, शुभेच्छुक तथा सरोकारवालाहरू प्रति धन्यवाद एवं आभार व्यक्त गरेको छ । साथै, आगामी दिनमा पनि ग्राहकहरूबाट यस्तै निरन्तर साथ, सहयोग र विश्वास पाइरहने अपेक्षा कम्पनीले राखेको छ ।

सम्बन्धित समाचार