प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो होला कांग्रेसको भूमिका ?

0 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । यस्तै, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने कार्यसूची तय गरिएको छ ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले सङ्घीय संसदको दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधनको प्रति टेबुल गर्ने कार्यसूची तय गरिएको छ ।

आजको बैठकमा राष्ट्रपतिलाई सभामुखले धन्यवाद दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने माग गर्दै संसद अवरोध गरिरहेकाले संसदको बैठक कसरी सञ्चालन हुन्छ भन्ने अन्योल रहेको छ ।

सम्बन्धित समाचार