0
Shares
काठमाडौं । कञ्चनपुरको दोधारा चादँनीमा महाकाली नदीमा डुबेर आज एक जनाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय दोधारा चादँनीका प्रहरी निरीक्षक कृष्ण सोनीका अनुसार महाकाली नदीमा माछा पार्ने क्रममा दोधारा चादँनी नगरपालिका १० का ६३ वर्षीय टोपबहादुर थापामगरको मृत्यु भएको हो ।
‘घटनास्थल पुगेर थप जानकारी लिएका छौँ,’ उनले भने, ‘सबै प्रक्रियापछि शव आफन्तको जिम्मा लगाइने छ ।’