खोलामा बगिरहेको बोराभित्र युवतीको शव, ट्याटुको आधारमा पहिचान गर्न आग्रह

0 Shares

काठमाडौं । झापाको दमक नगरपालिका १० सेतुमाडीस्थित रतुवाखोलामा सेतो प्लास्टिकमा युवतीको शव भेटिएको छ । रतुवाखोलाको पुल मुनी प्लास्टिकको बोरामा शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अनुसार करिब ३०/३२ वर्षीय युवतीको शव भेटिएको हो । रातो भेस्ट, जिन्सको पेन्ट लगाएको युवतीको शव भेटिए पनि पहिचान खुलेको छैन ।

मृतकको पहिचान खुल्न सकेको छैन । घटनाको अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय दमकका डीएसपीको नेतृत्वमा प्रहरी टोली खटिएको छ ।

मृतकको बायाँ हातमा ट्याटु रहेको आधारमा शवको पहिचानका लागि प्रहरीले सहयोग मागेको छ । कसैले पहिचान गर्न सके प्रहरीलाई खबर गर्न आग्रह गरिएको छ ।

सम्बन्धित समाचार