फेरि सारियो प्रतिनिधिसभा बैठक, समितिबारे दलहरू छलफलमा

0 Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक दोस्रो पटक सरेको छ । आज बिहान ११ बजे बस्ने गरी तय भएको बैठक २ बजेका लागि सारिएको थियो ।

दोस्रो पटक पनि बैठक बस्न नसकेपछि फेरि साढे ४ बजेका लागि निर्धारण गरिएको प्रतिनिधि सभाका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद्मा उठाउँदै आएको सहकारी संस्थाहरूको रकम हिनामिना सम्बन्धमा संसदीय छानबिन समिति गठन गर्नेबारे दलहरू सहमत भए पनि समितिको कार्यादेश टुंगो लाग्न सकेको छैन ।

छानबिन समितिको कार्यादेशबारे अहिले पनि दलहरू छलफलमै छन् ।

सम्बन्धित समाचार