0
Shares
काठमाडौँ । प्युठान–दाङ सडकखण्डमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
शुक्रबार प्युठानको माण्डवी गाउँपालिका–१ डामृखेलास्थित देविस्थान नजिक लु. प्र. ०२–००१ ज ०१०४ नम्बरको भ्यान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, प्युठानले जनाएको छ।
भ्यान सडकबाट करिब दुई सय मिटर तल खसेको छ। भ्यानमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
अन्य घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।