0
Shares
काठमाडौँ । एनसेलले स्मार्ट टेलिकमको सामग्री लिलाम बिक्रीमार्फत खरिद गरेको सामग्री बापत नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई तिरेको रकम फिर्ता गर्न बैंकलाई पत्राचार गरेको छ ।
लिलामी प्रक्रिया गिजोलिएपछि एनसेलले वैशाख २९ गते बैंकलाई पत्र पठाएर लिलाम सकारको पैसा फिर्ता मागेको हो ।
स्मार्टको सामग्री लिलाम सकारका क्रममा बैंकको खातामा भुक्तानी गरेको ४ अर्ब ६० करोड रुपैयाँ फिर्ता गरी सोको लिखित जानकारी गराउन माग गरिएको छ ।
सरकारले स्मार्ट टेलिकमबाट ७ अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउन बाँकी छ । यता बैंकले ४ अर्ब ६० करोड असुल गरिसकेको छ ।