बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले स्ट्रेट अफ हर्मुज खोल्न अमेरिकालाई सहयोग गर्ने बताएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार बताएका छन् ।
भेटवार्ताका क्रममा चिनियाँ राष्ट्रपति सीले अमेरिका र इजरायलविरुद्धको युद्धमा इरानलाई सहयोग गर्न सैन्य उपकरण नपठाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको उनले बताए ।
बेइजिङमा दुई नेताबीच भएको भेटपछि फक्स न्यूजको ‘ह्यानिटी’ कार्यक्रममा बोल्दै ट्रम्पले भने, “उहाँले चीनले यो (अमेरिका इरानबीचको) युद्धमा इरानलाई सैन्य उपकरण दिने छैन।”
अमेरिकी राष्ट्रपति ट्रम्पले भने, “उहाँले स्ट्रेट अफ हर्मुज खुला भएको हेर्न चाहनुहुन्छ । उनले भनेका छन् ‘यदि म कुनै पनि मद्दत गर्न सम्भव भए मद्दत गर्न तयार छु।”
राष्ट्रपति ट्रम्प चीनको तीन दिने भ्रमणका लागि बुधबार बेइजिङ आइपुगेका थिए भने उनी शुक्रबार चीनबाट स्वदेश फिर्ता हुनेछन् ।