गृहमन्त्री रविमाथि छानबिन गर्न दलहरू सहमत, थप छलफल गर्न बाँकी

0 Shares

काठमाडौं । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बनाउन सहमति जुटेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको चार दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो । उक्त समितिको टिओआर बनाउन कानून मन्त्री पदम गिरीको संयोजकत्वमा कार्यदल गठन गर्ने हुने भएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहमति भएको र समितिको कार्यादिशा के हुने ? भन्ने विषयमा छलफल हुने जानकारी दिएका छन् । उनले संसदीय समिति बनाएर जाने विषयमा सबै दलको समान धारणा रहेको बताए ।

टिओआर बनाउन आइतबार बिहानदेखि काम गर्ने कुरा भएको उनको भनाइ थियो । आजको छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपस्थित थिए ।

यस्तै, प्रमुख सत्ता पक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित महामन्त्री गगन थापा, राष्ट्रियसभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक लेखक बालुवाटार पुगेका थिए ।

उपप्रधान तथा गृहमन्त्री लामिछानेले लाखौँ सहकारी बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको भन्दै कांग्रेसले समिति बनाउन माग गर्दै आएको थियो ।

सम्बन्धित समाचार