प्रधानमन्त्री बालेन्द्र शाहले आज संसद्‍मा सम्बोधन गर्ने, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने

0 Shares

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने भएका छन्।

संसद् सचिवालयलका अनुसार बुधबार बिहान ११ बजे बस्ने बैठकमा आज पनि सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने छ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा सोमबार सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

मंगलबार बसेको संसद् बैठकमा दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा कार्यक्रममाथि धारणा राखेका थिए। नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ प्रधानमन्त्री बालेन्द्र शाहले आज दिन लागेका हुन्।

प्रधानमन्त्रीको जबाफपछि नीति तथा कार्यक्रमलाई निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ।

सम्बन्धित समाचार