रास्वपाले भन्यो निर्वाचन सकिए लगत्तै बाचापत्र फ्याँकेका छैनौं

0 Shares

काठमाडौं । रास्वपाका संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारप्रति आम जनताको विश्वास र भरोसा रहेको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै जनताको विश्वासको कारणले नै दुई तिहाइ नजिक समर्थन प्राप्त भएको बताए।

उनले भने, ‘राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाइ झन्डै प्राप्त गर्दै यतिखेर यो देशको राजनीतिक बागडोर मात्र होइन, राज्यको सम्पूर्ण बागडोर सम्हालेर अगाडि बढ्दै छ। हामीले हाम्रा वाचापत्र मात्र कुरा गरेर हाम्रा बाचा पत्रका मात्र कुरा गरेनौँ। हामीले त प्रतिपक्षका बाचा पत्रका पनि कुरा गर्‍यौँ।’

उनले रास्वपाले निर्वाचनको बेलामा गरेको बाचा पूरा गर्ने जिकिर गरे। उनले विपक्षी दललाई सोधे, ‘तपाईँहरूको ती वाचापत्र निर्वाचन सम्पन्न हुने बित्तिकै कहाँ फाँकिन्थे होलान् र जनतालाई गरिएका ती बाचाहरू विगतको ३७ वर्षमा कति पूरा गरियो र ती आफैँले लेखेका बाचा पत्रहरू हेरेर कति चोटि जनतामाझ पुगियो होलारु’

सम्बन्धित समाचार