कांग्रेसलाई ओलीको धम्की- एमाले र रवि लामिछानेबारे विचार पुर्‍याएर बोल्नु

0 Shares

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका सांसदलाई विचार पुर्‍याएर बोल्न चेतावनी दिएका छन् ।

पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले एमालेको बारेमा बोल्दा विचार पुर्‍याउन कांग्रेसका नेताहरूलाई धम्की दिएका हुन् ।

‘जहाँसम्म गिरिबन्धु टि स्टेटको कुरा छ, नेपाली कांग्रेसले एकपल्ट ५१ विघाह, एक पटक १९ विघा कमिशन खाएर सट्टापट्टा गर्ने नाउँमा जमिन बिक्री गर्न दिएको छ, त्यही टि स्टेटको,पछि अदालतले ऐन र नियम बनाउनु भनेर आदेश दिएपछि हामीले अदालतको आदेशबमोजिम ऐन बनाएका हौँ, कांग्रेसका धेरै मान्छेका जन्मकुण्डली हामीलाई थाहा छ,’ उनले भने ।

उनले सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने संलग्न नभएको दाबी गरे । उनले कांग्रेसले पाखुरा देखाएको र मसलको राजनीति गरेको भरमा आफूहरु नलतिर्ने बताए । उनले रवि लामिछानेले संसद्मा बोल्न पाउनु पर्ने पहिलो शर्त रहेको बताएका थिए ।

सम्बन्धित समाचार