0
Shares
काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीले वर्तमान गठबन्धन बदलिने चेतावनी दिएका छन् ।
पार्टीको पोलिटब्यूरो बैठकमा अध्यक्ष माधव नेपालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा सत्ता गठबन्धनको भविष्य बदलिन सक्ने जनाएको हो ।
उनले वर्तमान संसदको संरचनाअनुसार निर्माण र सञ्चालनका लागि अहिलेको गठबन्धन बनाइएकाले दीर्घ कालीन नभएको उल्लेख गरेका छन् ।
‘यो समीकरण वर्तमान संसदको संरचनाअनुसार सरकार निर्माण र सञ्चालनका निम्ति बनाइएको हो, यो दीर्घ कालीन होइन तत्कालिक राजनीतिक सहकार्य मात्र हो, त्यसैले तात्कालिक राजनीतिक परिस्थिति बदलियो भने यस्तो तत्कालिक राजनीतिक समीकरण वा सहकार्य पनि बदलिन सक्छ,’ प्रतिवेदनमा उल्लेख गरिएनले भनेका छन्,