डिजेल–पेट्रोल गाडीलाई ईभीमा बदल्न कानुन बनाउने निर्णय

0 Shares

काठमाडौं । नेपालमा गुडिरहेका पुराना डिजेल तथा पेट्रोल गाडीहरूलाई विद्युतीय गाडी (इभी) मा रूपान्तरण गर्न लामो समयदेखि देखिएको कानूनी गाँठो फुक्ने भएको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले इन्धनबाट चल्ने गाडीलाई विद्युतीयमा परिणत गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने महत्त्वपूर्ण निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले बैठकका निर्णयबारे जानकारी दिँदै भने, ‘सरकारले डिजेल तथा पेट्रोल गाडीलाई विद्युतीय गाडीमा परिणत गर्न आवश्यक कानूनी व्यवस्था मिलाउने निर्णय गरेको छ।’

सांसद महावीर पुन संस्थापक रहेको राष्ट्रिय आविष्कार केन्द्रले यसअघि नै जैविक इन्धनबाट चल्ने गाडीलाई विद्युतीय गाडीमा परिणत गर्ने काम परीक्षण गरेको थियो। त्यो सफल भएको थियो।

महावीर पुन नेतृत्वको केन्द्रले केही वर्षअघि नै पुराना जिप र कारहरूलाई सफलताका साथ विद्युतीयमा रूपान्तरण गरिसकेको छ।

सम्बन्धित समाचार