समानुपातिकको ७६ लाख मत गणना, रास्वपालाई ३७ लाख ल्याउँदा अरुको कति?

0 Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कूल ७५ लाख ७५ हजार १९३ मत गणना भएको छ ।

निर्वाचन आयोगबाट प्राप्त तथ्याङकअनुसार आज विहानसम्म विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले सबैभन्दा बढी अर्थात् ३६ लाख ७२ हजार २६५ मत प्राप्त गरेको छ ।

त्यस्तै, नेपाली कांग्रेसले १२ लाख ३८ हजार ३८१, एमालेले १० लाख ४७ हजार ५१२, नेपाली कम्युनिस्ट पार्टीले पाँच लाख ३८ हजार २७०, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ५८ हजार ६६६ र श्रम संस्कृति पार्टीले दुइ लाख ४० हजार ७६३,मत प्राप्त गरेको छ । मतगणना जारी छ ।

सम्बन्धित समाचार