काठमाडौं । जारी टी-२० विश्वकपअन्तर्गतको आफ्नो तेस्रो खेलमा नेपालले वेस्ट इन्डिजविरुद्ध १३४ रनको लक्ष्य पेश गरेको छ । मध्यक्रमका ब्याटर दिपेन्द्र सिंह ऐरीले अर्धसतक बनाउँदा सम्मानजनक लक्ष्य दिएको हो ।
ऐरी जारी प्रतियोगितामा अर्धसतक प्रहार गर्ने पहिलो नेपाली खेलाडी हुन् । उनले ४७ बलमा ५८ रन बनाउँदा ३ चौका र ३ छक्का प्रहार गरे ।
आठौँ नम्बरमा आएको सोमपाल कामीले केमियो इनिङ खेल्दै नेपाललाई उकास्न मद्दत गरे । उनले १५ बलमा २६ बल बनाएका थिए ।
नेपालले १४।६ ओभरमा ७३ रन मात्र जोड्दा ६ विकेट गुमाएको थियो । सय रन नकटाउने अवस्थमा रहेको नेपाललाई ऐरी र कामीले अलि उकासेका थिए । कप्तान रोहित पौडेल ५, आसिफ शेख ११, आरो शेख २ र लोकेश बम र गुल्सन झा ११-११ रनमा आउट भएका थिए ।
बलिङमा वेष्ट इन्डिजका ज्यासन होल्डरले ३, अकिल होसेन, म्याथ्यु फोर्डे, शामर जोसेफ र रोस्टन चेसले १-१ विकेट लिए ।