0
Shares
काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत समूह चरणमा नेपालले आज आफ्नो दोस्रो खेल खेल्ने भएको छ । नेपालले आज एसोसियट राष्ट्र इटलीसँग खेल्ने भएको हो ।
समूह ‘सी’अन्तर्गत नेपाल र इटलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि मुम्बईको वाङ्खेडे स्टेडियममा हुने भएको हो ।
नेपाल र इटली दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएका थिए । नेपाल इंग्ल्यान्डसँग पराजित हुँदा इटली स्कटल्यान्डसँग पराजित भएको हो । दुवै टोली आज पहिलो जितको खोजीमा हुनेछन् ।
नेपाल रहेको समूह ‘सी’मा वेस्ट इन्डिजले हालसम्म खेलेका दुवै खेल जितेर ४ अंक जोडिसकेको छ । इंग्ल्यान्ड र स्कटल्यान्डले २ खेलमा २ अंक जोडेका छन् ।