नेपाल इन्स्योरेन्सको ७७औं साधारणसभा सम्पन्न, ६.३१५ नगद लाभांश पारित

0 Shares

काठमाडौँ । नेपालको पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७७औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । सञ्चालक समिति अध्यक्ष चन्द्रसिंह साउदको अध्यक्षतामा काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा सम्पन्न भएको हो ।

मुख्य निर्णयहरू:

नगद लाभांशस् सभाले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब ५४ करोड रुपैयाँको ६.३१५८ प्रतिशत (करसहित) का दरले हुन आउने १६ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।

वित्तीय प्रतिवेदनस् सभाले गत आर्थिक वर्षको लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरणहरू पारित गरेको छ।

लेखापरीक्षक नियुक्तिस् आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ‘कृषा श्रेष्ठ एण्ड एशोसियट्स’ लाई पुनः लेखापरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको छ।

वि.सं. १९९४ सालमा नेपाल बैंक लिमिटेडको सहभागितामा स्थापित यस कम्पनीले विगत ७८ वर्षदेखि नेपाली बीमा बजारमा आफ्नो छुट्टै पहिचान बनाएको छ । हाल कम्पनीले देशभर ५४ वटा प्रदेश, शाखा तथा उपशाखा कार्यालयहरूमार्फत आफ्नो सेवा विस्तार गरिरहेको छ ।

सम्बन्धित समाचार